Comments Add Comment

कति रसिलो सुन्तलाको सलाद ? यसरी घरमै बनाउनुहोस्

जाडो याममा सुन्तला सेवन गर्नु राम्रो मानिन्छ । सुन्तला अहिलेको मौसमी फल हो, जसमा पर्याप्त मात्रामा भिटामिन-सि पाइन्छ । साथै फलाम र पोटाशियम पनि पाइन्छ । घतलाग्दो त के भने, सुन्तला यस्तो फल हो जसलाई सेवन गर्नसाथ यसमा विद्यमान फ्रुक्टोज, डेक्स्ट्रोज, खनिज एवं भिटामिन शरीरमा पुग्छ । र, त्यसले तुरुन्तै उर्जा दिन थाल्छ ।

सुन्तलाले पाचन यन्त्रलाई चुस्त बनाउँछ । यो सौन्दर्यवर्द्धक फल पनि हो । यति गुणी फललाई कसरी खाने ?

सामान्यत सुन्तला यसै सेवन गर्दा पनि खुब स्वादिलो हुन्छ । तर, यसलाई सलादको रुपमा पनि सेवन गर्न सकिन्छ ।

आवश्यक सामाग्री

-सुन्तला

-लसुन दुई केस्रा

-खुर्सानी स्वाद अनुसार

-नुन र चिनी स्वाद अनुसार

-दही

कसरी बनाउने ?

सुन्तलाको बोक्रो केलाएर त्यसको केस्रा निकाल्ने । केस्राभित्रको दाना निकाल्ने । यसरी केलाएको सुन्तलालाई एउटा कचौरामा हाल्ने ।

उक्त सुन्तलामा अघि तयार गरेको सबै सामग्री हालेर राम्ररी मोल्ने । लसुन र खुर्सानी चाहि पिसेर वा पेस्ट बनाएर हाल्नुपर्छ ।

अर्को भाँडामा तेत तताएर मेथी झान्ने ।

अब सुन्तलाको सलाद तयार भयो । यसलाई केही समय यत्तिकै राखेर सेवन गर्दा बढी स्वादिलो हुन्छ ।

घरमा साना बालबालिका छन् भने उनीहरुलाई पिरो, नुनिलो मन नपर्न सक्छ । त्यसैले उनीहरुका लागि सुन्तलाको फरक रेसेपी तयार गर्न सकिन्छ । जस्तो सुन्तलाको केस्रामा दही र चिनी मिश्रण गर्नुपर्छ । यसलाई फ्रिजमा चिसो बनाएर डेजर्टको रुपमा दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment