Comments Add Comment

वीरगञ्जमा शव भेटियो

६ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ इनर्वा भन्सार कार्यालय नजिकै एकजना पुरुषको शव फेला परेको छ ।

महानगरपालिकाको ढाँट अगाडि रहेको ठूलो पिपलको रुखमुनि अपरिचित पुरुषको शव फेला परेको हो ।

अन्दाजी ६५ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको नाम थर ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मागी खाई हिँड्ने कालो वर्ण भएको, कालो रंगको ज्याकेट, सेतो रंगको सर्ट, सेतोमा निलो हरियो फूलबुट्टा भएको स्विटर, सेतो रंगको भेष्ट, खरानी रंगको ट्राउजर र निलो रंगको जुत्ता लगाएको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरी चौकी ईनर्वाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment