Comments Add Comment

गिटी, बालुवाको चोरी तस्करी रोक्न सांसदहरुको माग

६ माघ, बुटवल । प्रदेश ५ का सांसदहरुले ढुंगा गिटी बालुवाको चोरी तस्करी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभाको आइतबारको वैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले नदीहरुबाट अवैध ढंगले ढुंगा गिटी बालुवाको चोरी तस्करी भइरहेको बताए ।

रुपन्देहीका सांसद तुल्सी चौधरीले प्रदेश सरकारले बनाएको कार्यविधिको मापदण्ड मिचेर स्थानीय तहहरुले क्रेसर उद्योगलाई जथाभावी उत्खनन् गर्न सिफारिस दिने गरेको पाइएकाले प्रदेश सरकारले त्यसलाई रोक्नुपर्ने ध्यानाकर्षण गराए । उनले क्रसर उद्योगहरु मापदण्ड विपरीत सञ्चालन भइरहेकाले तिनको अनुगमन गर्न माग गरे ।

दाङका सांसद डिल्ली चौधरीले पनि जिल्लाका विभिन्न नदीहरुबाट ढुंगा गिटी बालुवाको चोरी तस्करी बढेको बताए । उनले सर्वसाधारणले सहज रुपमा नपाउने तर क्रसर उद्योगहरुले मनपरी गरिरहेको बताए ।

उनले प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको टुंगो छिटो लगाउनुपर्ने माग गरे । उनले बहुमत र अलपमतको हिसाबले नभई सहमतिका आधारमा यसको निर्णय गर्नुपर्ने धारणा राखे । प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न बनेको विशेष समितिमा बांके, नवलरासी (पश्चिम) र रुकुमपूर्वका सांसदहरुलाई नराखिनु कमजोरी भन्दै उनले सबै जिल्लालाई समेट्न माग गरे ।

नवलपरासी (पश्चिम) का सांसद दीपेन्द्रकुमार अधिकारीले जिल्लामा बन्द रहेका चिनी उद्योगहरु सञ्चालन गर्नेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए । मिल बन्द हुँदा उखु किसानहरु मर्कामा परेको, किसानले आफ्नो उत्पादनको मूल्य आफै तोक्न नपाएको विषय समेत उनले उठाए ।

पाल्पाका सांसद तुलाराम घर्तीले सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा दोभान खण्ड सडक टिप्परहरुको ओभरलोड लगायतका कारण जीर्ण र जोखिमपूर्ण बनेकाले मर्मत सम्भार र स्तरोन्नति गर्न,चुनढुंगगा खानीहरुको अनुगमन र नियमन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । कपिलवस्तुका सांसद सहसराम यादवले प्रदेश सरकारका कार्यक्रमहरु समावेशी र वजेट पारदर्शी हुनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment