Comments Add Comment

अष्ट्रेलियन ओपनमा फेडेररको अप्रत्यासित हार

काठमाडौं । ‘डिफेण्डिङ च्याम्पियन रोजर फेडेररले अष्ट्रेलियन ओपन टेनिसमा अप्रत्यासित हार व्यहोरेका छन् । फेडेररलाई हराउँदै गि्रकका स्टेफानो सिटसिफेस क्वार्टरफाइनलमा पुगेका हुन् । उनको यो करियरकै सबैभन्दा ठूलो जित हो ।

स्वीस फेडेररले ६-७, ७-६, ७-५ र ७-६ को सेटमा खेल गुमाएका थिए । यो हारसँगै ६ पटकका च्याम्पियन फेडेरर १६ वर्षमा दोस्रो पटक अन्तिम आठमा पुग्न सकेनन् ।

ऐतिहासिक जित हात पार्ने क्रममा २० वर्षीय सिटसिफेसले ३७ वर्षीय फेडेररका सबै १२ ब्रेक प्वाइन्ट बचाएका थिए । ‘अहिले म पृथ्वीकै खुसी मान्छे हुँ, यसको बयान गर्न सक्दिनँ’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment