Comments Add Comment

लिग लिडर बार्सिलोनाको जितमा मेस्सी, स्वारेज र डेम्बेलेको गोल

७ माघ, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लेगानेसमाथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले लेगानेसलाई  ३-१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र औस्मान डेम्बेलेले गोल गरे । त्यस्तै, लेगानेसका लागि भने मार्टिन ब्राइथवाइटले गोल गरे ।

खेलको ३२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुगेको थियो ।

खेलको ५७औं मिनेटमा मार्टिनले गोल गर्दै लेगानेसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । तर बलियो प्रतिद्वन्द्वी बार्सिलोनालाई लेगानेसले यही स्थितिमा रोक्न सकेन । ७१औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले फेरी २-१ गोलको अग्रता लियो ।

खेलको अतिरिक्त समयमा कप्तान मेस्सीले गोल गरेसँगै बार्सिलोनाले लेगानेसलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । सुरुमा बेन्चमा रहेका मेस्सीले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए ।

जितपछि लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले २० खेलबाट ४६ अंक बनाएको छ । यता, पराजित लेगानेसको २० खेलबाट २२ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment