Comments Add Comment

हडर्सफिल्डमाथि म्यानचेस्टर सिटीको सहज जित

Photo Credit : प्रिमियर लिग

७ माघ, काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्ड टाउनमाथि सहज जित निकालेको छ ।

आइतबार राति सिटीले हडर्सफिल्डलाई उसैको घरेलु मैदानमा ३-० गोलअन्तरले पराजित गरेको  हो । सिटीको जितमा डानिलो, रहिम स्ट्रलिङ र लोरी सानेले गोल गरे ।

सिटीले गोल गर्ने क्रममा खेलको १८औं मिनेटमा अग्रता लियो । सिटीलाई डानिलोले गोल गर्दै अग्रता दिलाएका थिए । डानिलोको गोलबाट पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दा हडर्सफिल्डले भने कुनै चमत्कार गर्न सकेन ।

५४ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए । सिटीले दोब्बर अग्रता बनाएको दुई मिनेट पनि नवित्दै अर्को गोल थप्न सफल भयो । यो पटक भने सिटीका लागि सानेले गोल गरेका थिए । ५६ औं मिनेटमा उनको गोलमा सिटीले हडर्सफिल्डमाथि ३-० गोलको अग्रता बनाएको थियो । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि सिटीले हडर्सफिल्डमाथि सहज जित निकालेको हो ।

जितपछि लिगको दोस्रो स्थानमा रहेको सिटीको २३ खेलबाट ५६ अंक भएको छ । लिग लिडर लिभरपुलभन्दा अझै सिटी चार अंकले पछि छ । पराजित हडर्सफिल्डको भने ११ अंक मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment