Comments Add Comment

७० लाख खर्चेर पोखराका दुई युवाले खोले रेष्टुरेन्ट

७ माघ, काठमाडौं । पोखराका दुई युवाले ‘क्याफे दी गार्डेन’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

पोखराका त्रियाशिल युवा पत्रकारद्वय अर्जुन गिरी र विजय लम्सालले ७० लाखको लगानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।

पोखराको मुख्य चोक चिप्लेढुंगामा सञ्चालनमै रहेको रेष्टुरेन्टलाई ‘रिन्नोभेट’ गरेर नयाँ व्यवस्थापनका साथ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

नयाँ ब्यवस्थापनले लिएपछि सो रेष्टुरेण्टको क्षेत्र फराकिलो बनाइएको छ भने पार्किङ स्थल थपिएको छ ।

यसअघि पार्किङ नहुँदा ग्राहकले सास्ती बेहोर्नु परेपनि नयाँ ब्यवस्थापनले रेष्टुरेन्ट नजिकै करीब २ रोपनी क्षेत्रफल भाडामा लिएर पार्किङ बनाएको छ ।

नयाँ पार्किङ स्थलमा १० वटा ठूला गाडी तथा २ वटा मोटरसाइकलसम्म अटाउने सञ्चालक गिरीले बताए ।

उनका अनुसार ठूलो पार्किङ स्थल नजिकै अर्को पार्किङ स्थल छ जहाँ थप ५० वटा मोटरसाइकल अटाउँछ ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय परिकार छिटो, मिठो र शुलभ मूल्यमा खाजा खुवाउने उद्देश्यले रेष्टुरेन्ट खोलिएको संचालक अर्जुन गिरीले जानकारी दिए ।

क्याफे दी गार्डेनमा बर्थ डे, विवाह र ब्रतबन्ध र चाडपर्वका पार्टी, सेमिनार, तालिम लगायत विविध कार्यक्रम गर्न १ सय ५० क्षमताको हल रहेको र आगामी दिनमा ५ सय क्षमताको हल निर्माण गर्ने योजना रहेको समेत सञ्चालक अर्जुन गिरीले जानकारी दिए ।

रेष्टुरेन्ट सोमबारदेखि पूर्णरुपमा सञ्चालनमा आउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment