Comments Add Comment

डा. केसीले प्रायोजित राजनीतिको रोटी सेक्न थाले : बस्नेत

७ माघ, काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी ) का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले अनशनरत डा. गोविन्द केसी प्रायोजित राजनीतिको रोटी सेक्न थालेको दावी गरेका छन् । केसीले द्वन्द्वकालका मुद्दा ब्युँत्याएर डलरको खेती गर्नेहरुलाई मद्दत पुर्‍याएको उनले आरोप लगाए ।

आज भक्तपुर बहुमुखी क्याम्पसमा आयोजित अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को संयुक्त कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘गोविन्द केसी आफैंमा गलत हैनन्, तर गलत मनसाय बोकेकाहरुले उनलाई प्रयोग गर्न थाले ।’

‘केसी कसैको राजनीतिक रोटी सेक्न प्रयोग हुनुहुँदैन,’ बस्नेतले थपे ।

डा. केसीले द्वन्द्वकालका मुद्दा चर्काएर शान्ति प्रक्रिया बिथोल्न खोजेको बस्नेतले आरोप लगाए । उनले भने, ‘केसी एकाएक किन राजनीतिक मुद्दा उठाउन थाले बुझिनसक्नु छ, नेपालको शान्ति प्रक्रिया मौलिक छ । त्यो केसीले बुझ्नुपर्छ ।’

केसी राजनीतिक रुपले प्रेरित रहेको दावी गर्दै बस्नेतले भने, ‘नेकपालाई बदनाम गर्न केसीलाई कसले उचालिरहेको छ ?’

हाल संसदमा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक उत्कृष्ट रहेको भन्दै बस्नेतले त्यसलाई तत्काल पारित गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment