Comments Add Comment

अर्थका कर्मचारीलाई आचारसंहिता : भडि्कलो खर्च नगर्नू, प्रलोभनमा नपर्नू

७ माघ, काठमाडौं । अर्थ मन्त्रालयले आफू र आफू मातहतका निकायमा कार्यरत कर्मचारीका लागि आचारसंहिता ल्याएको छ । मन्त्रालयले कर्मच्ाारीलाई अनुशासित, मर्यादित, पारदर्शी, सदाचारी, सहयोगी र सेवामुखी बनाउन भन्दै आचारसंहिता जारी गरेको हो ।

आचारसंहितामा मन्त्रालयले दिएको जिम्मेवारी लगनशील भएर पुरा गर्नुपर्ने उल्लेख छ । कर्मचारीले जनताको सर्बोपरि हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने नियम बनाइएको छ ।

आफ्ना सहकर्मीहरुमाथि नकारात्मक टिप्पणी नगर्न, सरकारी चिन्ह, छाप, इमेल, सिल साँचो, पासको हिफाजत गर्न तथा होटल रेस्टुरेन्टमा मितब्ययी व्यवहार पद्रशर्न गर्न र विवाह, व्रतबन्धमा भडि्कलो खर्च र व्यवहार नगर्न पनि आचारसंहितामा भनिएको छ ।

कसैको अनुचित प्रलोभनमा नपर्न, भ्रमणमा जाँदा सेवाग्राहीको प्रयोजनमा खाने बस्ने नगर्न, कार्यालय समयभित्र कार्यालय प्रयोजबाहेकमा साजिक सञ्जालको प्रयोग नगर्न, समाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूलाई प्राप्त सूचना नदिन, माथिल्लो तहको स्वीकृतिबेगर बाहिर सरोकारवाला र सेवाग्राहीसँग भेटघाट नगर्न पनि आचारसंहिताले भनेको छ ।

पदीय जिम्मेवारीको प्रयोग गरेर व्यक्तिगत काम नगराउन, परिवार तथा आफन्तका लागि छात्रवृत्ति नमाग्न, वैदेशिक भ्रमणका लागि कार्यालयको स्वीकृतिबेगर पत्राचार नगर्न, स्वीकृति नलिई उपहार नलिन, राजनीतिक दलको कार्यक्रममा सार्वजनिक सम्पत्ति र सवारी प्रयोग गर्न नदिन, कार्यालयसँग असुन्तुष्टी रहेमा सामाजिक सञ्जालमा नलेख्न पनि आचारसंहितामा उल्लेख छ ।

कार्यालय प्रयोजनमा सरकारी इमेलमात्र प्रयोग गर्न पनि भनिएको छ ।

पुरै आचारसंहिता पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment