Comments Add Comment

‘कलंक’ दर्शकलाई देखाउन उत्साहित आलिया

अभिषेक वर्मन निर्देशित चलचित्र ‘कलंक’को छायांकन सकिएको छ । केही महिनाको लगातार छायांकन पश्चात् यो साता चलचित्रको छायांकन सकिएको हो । चलचित्रको अन्तिम सेड्युल ग्वालिवरमा खिचिएको थियो । मल्टिस्टारर यस चलचित्रमा आलिया भट्ट र वरुण धवनको जोडीलाई दर्शकले पर्दामा देख्न सक्नेछन् । चलचित्रमा माधुरी दिक्षित, सोनाक्षी सिंह, आदित्य कपुर, संजय दत्त लगायतको पनि मुख्य भूमिका छ ।

वरुण र अलियाले फोटो सेयर गर्दै चलचित्रको छायांकन सकिएको जानकारी दिएका हुन् । आलियाले निर्देशक वर्मन र आदित्यसँग खुसी हुदै खिचेका तस्विर पनि सामाजिक संजालमा पोस्ट गरेकी छिन् । उनीहरुले यस टीमसँग काम गर्नु पउनु निकै खुसीको कुरा भएको र चलचित्र राम्रो बनेको उल्लेख गरेका छन् । अलियाले त आफू दशर्कलाई चलचित्र देखाउनको लागि आत्तुर भएको समेत बताएकी छिन् ।

अप्रिल १९ मा रिलिज हुने यस चलचित्रमा करण जोहर, साजिद, यस जोहर, एप्रुवा मेथाको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment