Comments Add Comment

अमेरिकामा अनमोलसँग रोमान्टिक सुहाना

नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ३’को एउटा गीतको छायांकन अमेरिकाको रमणिय स्थानमा गरिएको छ । ‘तिमी बाहेक बिताएका दिनहरु मेरो उमेरमा गन्दिन, तिमी बाहेक बिताएका पलहरु मेरो आयुमा गन्दिन’ बोलको गीतको छायांकन अमेरिकामा गरिएको हो ।

अमेरिकामा चलचित्रको केही दृश्यको छायांकन समेत गरिएको छ । चलचित्रको छायांकनका लागि नायक अनमोल केसी २ साता अघि अमेरिका उडेका थिए । यस्तै, कलाकार सरोज खनाल र नायिका सुहाना थापाका केही दृश्यको छायांकन पनि अमेरिकामा गरिएको छ । चैत्र २९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा नायक अनमोल केसी गायकको भूमिकामा देखिएका छन् । चलचित्रमा उनको साथमा अर्पण थापा पनि छन् ।

सुनिल कुमार थापाको निर्माणमा तयार भएको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रको अमेरिकाको छायांकन भने शम्भु मोक्तानले गरेका हुन् । चलचित्रमा संजय लामाको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment