Comments Add Comment

४ संकेत, तपाईंलाई मिल्यो प्रफेक्ट पार्टनर

सन्तान वा परिवार सुखलाई सर्वोत्तम सुख मानिन्छ । हामी सुखको खोजमा जीवनभर भौतारिन्छौं । तर, जबसम्म हामीलाई आफ्नै घर परिवार, आफन्त, सन्तानबाट सुख मिल्दैन, बाँकी सुख फिका हुन्छ ।

यसैगरी दाम्पत्य सुखको पनि अति महत्व छ । श्रीमान्-श्रीमतीबीचको सुमधुर तालमेलले दाम्पत्य सुख प्राप्त हुन्छ । त्यसैले विवाह अघि वा जोडी बाँध्नुअघि चिना टिपण जुधाउने जस्ता कार्यहरु गरिन्छ, खासगरी पूर्विय संस्कारमा ।

विवाह गरिसकेपछि जसलाई आफ्नो पार्टनरको रुपमा स्विकार गरिन्छ, के उनीसँग हामीले आफ्नो जीवनलाई थप व्यवस्थित बनाउन सक्छौ ?

यो प्रश्न किनपनि आवश्यक छ भने, कतिपय दम्पतीबीच उचित तालमेल हुँदैन । उनीहरु जब वैवाहिक जीवनमा बाँधिन्छन्, तनाव सुरु हुन्छ । एकअर्काप्रति अविश्वास, आशंका, असहयोगको वातावरण बन्छ । यसले दुबैलाई चैन दिदैन । सधै दुःख र पीडाको बोझ बोकाइदिन्छ ।

त्यसैले विवाह गर्नुअघि आफ्नो पार्टनर यस्तो होस् भनेर इच्छा राखिन्छ । जस्तो कि, आफ्नो पार्टनर परिवार सुखका लागि सधै तत्पर होस् । परिवारको रेखदेखमा विशेष ध्यान दिने होस् । प्रेमिल होस् । रोमान्टिक होस् । पारिवारिक मूल्य र मान्यतालाई बुझेका होस् ।

तर, सधै हामीले भनेजस्तै पार्टनर फेला पर्छ भन्ने हुँदैन । अतः यी केही संकेत छन्, जसले पर्फ]{ट पार्टनर फेला परेको जनाउ दिन्छ ।

१. समझदार

मानौं यतिबेला तपाईंहरु प्रेमी-प्रेमिकाको रुपमा हुनुहुन्छ । यतिबेला नै एकअर्कालाई बुझ्न सकिन्छ । तपाईंले ख्याल गर्नुभएको होला कि, आफ्नो पार्टनर कति समझदार छन् ?

दाम्पत्य जीवनमा समझदारी अत्यान्तै आवश्यक तत्व हो । किनभने फरक पृष्टभूमीमा हुर्किएका दुई पात्र अर्थात केटा र केटी जब एक हुन्छन्, उनीहरुबीच कतिपय कुरा मिल्दैन । कतिपय कुरा आपसमा बाझिन्छन् । उनीहरुको इच्छा र रुची फरक हुनसक्छ । उनीहरुको उदेश्य र आकंक्षा फरक हुन सक्छ । यस्तो अवस्थामा ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर हुँदैन । कतिपय कुरामा सम्झौता गर्नुपर्छ । अर्थात दाम्पत्य सुखका लागि केही कुरा त्याग्नुपनि पर्छ भनेर बुझेको हुनुपर्छ ।

यदि संयुक्त सुखको लागि आफ्नो स्वार्थ त्याग्ने पार्टनर छन् भने, तपाईंको लागि यो शुभ संकेत हुनसक्छ ।

२. उत्तरदायी

विवाह गरिसकेपछि अल्लारे उमेरमा जस्तो मनमौजी ढंगले चलेर हुँदैन । आफ्नो स्वार्थ र खुसीलाई मात्र केन्द्रमा राखेर कुनैपनि निर्णय गर्नु हुँदैन ।

आफ्नो श्रम, आफ्नो समय अरुको खातिर पनि खर्चनुपर्छ । परिवार वा श्रीमान्/श्रीमतीका खातिर आफुले निर्वाह गर्नुपर्ने उत्तरदायित्व के हो ? बुझ्नुपर्छ ।

परिवारमा हरेक सदस्यको आ-आफ्नै जिम्मेवारी हुन्छ, उत्तरदायित्व हुन्छ । विवाह गरेपछि त्यस्ता उत्तरदायित्व थप बढ्छ । आफुले कसलाई कस्तो व्यवहार गर्नुपर्ने, कसको लागि के काम गर्नुपर्ने सबै कुरा बुझ्नुपर्छ । कुनैपनि समस्या, अप्ठ्यारमा भाग्ने होइन, त्यसलाई आफ्नो दायित्व सम्झेर सल्टाउने प्रयास गर्नुपर्छ । यस्तै प्रवृत्तिका पार्टनर भेट्नुभयो भने पनि तपाईं ढुक्क भए हुन्छ ।

३. संस्कारी र सभ्य

संस्कार, जसलाई आज हामी आडम्बर वा पुरानो ढर्रा भन्छौं । जबकी संस्कार भनेको परिवारलाई एक ढिक्का  र सन्तुलित बनाउने एउटा माध्याम हो । संस्कारले परिवारलाई पथभ्रष्ट हुन दिदैन । यसले एकअर्काप्रति उत्तरदायि, जिम्मेवार, विनयी, बिनम्र बनाउन अभ्यास गराउँछ ।

त्यसैले घर-परिवारको संस्कारलाई पालना गर्नुपर्छ । यसले अनुशासित जीवनशैलीमा बाँच्न सिकाउँछ । जब परिवारका सदस्यहरु अनुशासित हुन्छन्, तब परिवारको लय मिल्छ । जब कुनै कुराको लय मिल्छ, त्यसबाट धुन पैदा हुन्छ । धुनमा आफ्नै मिठास हुन्छ ।

संस्कार भनेको सभ्यता पनि हो । कसरी बस्ने, कसरी बोल्ने, कसरी खाने, कसलाई कस्तो व्यवहार गर्ने, के खाने, कतिबेला सुत्ने, कतिबेला उठ्ने जस्ता यावत कुरा जब व्यवस्थित, सन्तुलित र मर्यादित हुन्छ, तब परिवार सुख प्राप्त हुन्छ ।

यसरी संस्कारलाई अनुसरण गर्ने पार्टनर फेला पार्नुभयो भने तपाईंको जीवन सुमधुर हुनेछ ।

४. रोमान्टिक

तपाईंका पार्टनर जिम्मेवार छन्, उत्तरदायी छन् । पारिवारिक संस्कार अनुरुप आफुलाई डोहोर्‍याउँछन् । तर, सधै गंभिर वा संवेदनशिल मात्र देखिन्छन् भने तपाईंलाई उनको व्यवहार दिक्कलाग्दो लाग्न सक्छ ।

पार्टनर यस्तो होस्, जसको उपस्थितीमा बेग्लै रोमाञ्चकता पैदा होस् । पार्टनरको उपस्थितीले घरको माहौल थप रंगिन बनोस् । तपाईंसँग पनि आपसमा उन्मुक्त रमाउन सकोस् । अर्थात रोमान्टिक पनि होस् । यस किसिमको पार्टनरले तपाईंलाई सधै रमाइलो माहौलमा राखिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment