Comments Add Comment

प्रिय साथीको मृत्युपछि विक्षिप्त बनेको ‘संसारकै क्यूट’ कुकुरको मृत्यु

सोसल मिडियामा स्टार बनेको एक १२ वर्षीय  कुकुरको मृत्यु भएको छ । पामेरियन जातको उक्त कुकुरको नाम बू थियो ।

कुकुरका मालिकका अनुसार सन् २०१७ मा आफ्नो सबैभन्दा प्रिय साथी ‘बडी’ को मृत्युपछि विक्षिप्त बनेको बू लाई त्यसपछि मुटु सम्बन्धी  समस्या उत्पन्न भएको थियो ।

बू को आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘बडीको मृत्युपछि बू को मुटु चुडिएको अनुभूति हामीलाई भएको छ ।’

फेसबुकमा सो कुकुर बू का डेढ करोड भन्दा धेरै फलोअर्स थिए । सो स्टार कुकुर धेरै पटक टेलिभिजनमा देखियो भने उसको नाममा किताब पनि लेखियो ।

बू र उसको प्रिय साथी बडी ११ वर्षसम्म सँगै रहे । बडीको सन् २०११ डिसेम्बरमा मृत्यु भएको थियो ।

शनिवार राति सुतेकै अवस्थामा बू को मृत्यु भएको बताइएको छ । बू को मृत्युबाट केवल उसको मालिक मात्र होइन उसका करोडौँ प्रसंशकको समेत चित्त दुखेको छ ।

बू को फेसबुक पेजमा लेखिए अनुसार अब उसको शवलाई बडीकै चिहान नजिक अन्त्येष्टि गरिनेछ । बू एउटा अमेरिकी एयरलाइन्सको ब्राण्ड एम्बासडर पनि बनेको थियो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment