Comments Add Comment

विश्वका सबैभन्दा वृद्ध व्यक्तिको मृत्यु

विश्वको सबैभन्दा पाको उमेरका व्यक्तिको मृत्यु भएको छ । जापानका १ सय १३ वर्षका मसाजो नोनाकाको होक्काइडोस्थित आफ्नै घरमा निधन भएको हो ।

मसाजोको परिवारले जनाए अनुसार उनको सुतेकै अवस्थामा आइतबार बिहान मृत्यु भएको छ ।

गत वर्ष १ सय १२ वर्ष २५९ दिनको उमेरमा मसाजो विश्वको सबैभन्दा पाको उमेरको व्यक्तिको रुपमा गिनिज बुकमा दर्ज भएका थिए ।

उनको जन्म सन् १९०५ को जुलाई २५ मा भएको थियो । अल्बर्ट आइन्स्टाइनले आफ्ना सापेक्षताको सिद्धान्त प्रकाशन गर्नु केही अघि उनी जन्मिएका थिए ।

स्मरण रहोस्, उनी जिवितै छँदा आफ्ना सात जना दाजुभाई तथा दिदी बहिनीहरु, पत्नी तथा तिनजना सन्तानहरुको मृत्यु भैसकेको छ ।

उनले आफ्नो पुस्तौनी व्यवसायको रुपमा रहेको तातो पानीको कुण्ड भएका होटल सञ्चालन गर्ने गरेका थिए । एक सय ६ वर्ष पूरानो उनले खोलेको एउटा होटल अहिले उनकी नातिनीले सञ्चालन गर्दै आएकी छिन् ।

१ सय १३ वर्षको उमेरसम्ममा पनि उनी हरेक दिन पत्रिका पढ्ने, टेलिभिजनमा सुमो तथा नाटकहरु हेर्ने गर्दथे ।

जापान अहिले विश्वमा सबैभन्दा धेरै औषत आयु भएका नागरिकहरुको देशको रुपमा रहेको छ । जापानका जिरोमोन किमुरा मानव इतिहासमै सबैभन्दा धेरै बाँच्ने व्यक्तिको रुपमा रहेका छन् । उनको १ सय १६ वर्ष ५४ दिनको उमेरमा सन् २०१३ मा मृत्यु भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment