Comments Add Comment

युएई सिरिजका लागि बीपीएल छाडेर फर्किए सन्दीप

७ माघ, काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा खेलिरहेका सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । नेपालले युएईसँग खेल्ने एक दिवसीय र टी -२० सिरिजका लागि उनी बीपीएल छाडेर फर्किएका हुन् ।

अस्ट्रेलियाको बिग ब्यास लिग खेलिरहेका सन्दीप त्यहाँबाट बीचमै बीपीएलका लागि बंगलादेश आएका थिए । बिग ब्यासमा ४ खेल र बीपीएलमा ६ खेल खेलेका उनी सोमबार दिउँसो नेपाल आइपुगेका हुन् ।

युएईमा हुने सिरिजका लागि नेपाल मंगलबार त्यसतर्फ जाँदै छ ।

युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ ।

नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारेखमा खेल्नेछ । नेपालले २६ तारिखमा दोस्रो एक दिवसीय र २८ तारेखमा अन्तिम एकदिवसीय खेल्नेछ ।

नेपालले पहिलो टी–ट्वान्टी खेल जनवरी ३१ मा खेल्नेछ । त्यस्तै, दोस्रो फेब्रुअरी एक र तेस्रो फेब्रुअरी तीन मा खेल्नेछ ।

यो पनि पढ्नुहोस राष्ट्रिय क्रिकेट टीममा एकसाथ चार युवाको प्रवेश यो पनि पढ्नुहोस नेपाली युवा क्रिकेटरकाे टेष्ट सपना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment