Comments Add Comment

धनगढी स्टार्सलाई ग्लोबलको साथ

७ माघ, काठमाडौं । रुस्लान धनगढी पि्रमियर लिग (डीपीएल) टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेन्जेन्टले मुख्य प्रायोजन गरेको छ ।

घरेलु टोली धनगढी र कलेजबीच सोमबार काठमाडौंमा सम्झौता भएको हो । सम्झौता पत्रमा टोलीका मालिक कृष्ण बोहरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईयो) खगेन्द्र ओझाले हस्ताक्षर गरे ।

सम्झौताअनुसार मुख्य प्रायोजन वापत ग्लोबल कलेजले २० लाख नगद र अन्य सहयोग गर्नेछ ।

ग्लोबल कलेजका सीईयो खगेन्द्र ओझाले नेपालमा अन्य क्षेत्रमा निराशाजनक स्थिती रहेपनि क्रिकेटले आशा देखाएका कारण क्रिकेट वातावरण निर्माण गर्न लगानी गरेको बताए ।

टोलीका मालिक कृष्ण वोहराले यसवर्ष आफूहरुले टोलीको स्वामित्व लिन पाएकोमा खुशी व्यक्त गर्दै आफूसँग जोडिन आएकोमा ग्लोबल कलेजलाई धन्यवाद दिए ।

यस्तै टोलीका कप्तान सोमपाल कामीले समेत मुख्य प्रायोजक ग्लोबल कलेजलाई धन्यवाद दिदै भने, ‘अहिलै ट्रफी जितेर ल्याउँछौं भनेर त भन्दैनौं तर उहाँहरुको लगानीको प्रतिफल भने मैदानबाट शतप्रतिशत दिनेछौं ।’

माघ २६ बाट सुरु हुने डीपीएलको तेस्रो संस्करणमा धनगढीसँगै, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपेन्देही च्यालेन्जर्स, विराटनगर किंग्स र काठमाडौं गोल्डन्स गरी ६ टोलीको सहभागिता रहेको छ ।

यसअघि भएका दुई संस्करणको उपाधि घरेलु टोली टिम चौराह धनगढीले जितेको थियो । तर, यस संस्करणबाट भने टोलीको नाम र स्वामित्व परिवर्तन हुदैँ धनगढी स्टार्स भएको छ ।

धनगढी स्टार्समा सोमपालसँगै पवन सर्राफ, सुनिल धमला, अमित श्रेष्ठ, सौरभ खनाल, विपिन खत्री, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, राजु रिजाल, रोविन क्षेत्री, धिरज शाही, कृष्ण ऐर र सन्दीप रिजाली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment