Comments Add Comment

सुरु भयो ‘घर’को छायांकन

हरर कथामा बन्न लागेको चलचित्र ‘घर’को छायांकन सुरु भएको छ । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । यो चलचित्रमा अर्पण थापाको कथा तथा निर्देशन छ । चलचित्रमा अर्पणका साथमा नायिकाद्धय वेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको मुख्य भूमिका रहनेछ ।

शर्मिला पाण्डेको लगानीमा बन्न लागेको यो चलचित्रलाई २० दिन लगाएर खिचिनेछ । बुढानिलकण्ठ आसपासमै चलचित्र खिचिने निर्मातामध्येका एक दिपेन्द्र के खनालले जानकारी दिए । निरज कँडेलले चलचित्रको छायांकन गर्नेछन् ।
डीएस डिजिटलको ब्यानरमा यो चलचित्र बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment