Comments Add Comment

बी डिभिजन लिगको खेल तालिका सार्वजनिक

७ माघ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ अन्तिम सातादेखि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनकि गरेको हो ।

एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा माघ २५ गते झम्सीखेल युथ क्लबले ब्वाइज युनियन क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलोको पहिलो दिन दोस्रो खेलमा टुसाल युथ क्लबले श्री बागमती क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

लिगमा १२ टिमको सहभागिता रहेका छन् । समूह ‘ए’ मा झम्सिखेल युथ क्लब, आरसीटी, श्री कुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युथ क्लब र ब्वाइज युनियन रहेका छन् ।

त्यस्तै, समूह बी मा टुसाल युथ क्लब, पुलचोक स्पोर्टस् क्लब, मध्यपुर युथ एसोसिएसन, खुमालटार युवा क्लब, बाँसबारी क्लब र श्री बागमती क्लब रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment