Comments Add Comment

भेस्पा र अप्रिलियाको एक्सचेन्ज अफर

१० हजार बोनसदेखि आर्कषक उपहारसम्म

७ माघ, काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक बितरक डि लाइफस्टाईल्सले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

यो एक्सचेन्ज अफर आजदेखि शुरू भएर माघ ११ गतेसम्म जावलाखेलमा हरेक दिन बिहान ९:३० बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुनेछ ।

यो योजनामा ग्राहकले कुनै पनि कम्पनीको जस्तोसुकै बाइक तथा स्कुटरको न्यूनतम मूल्य २५ हजार रुपैयाँका साथै नगद १० हजार रुपैयाँसम्मकाे  बोनस पाउन सक्नेछन् । ग्राहकले एक्सचेन्ज स्पटमै सहजरुपमा फाईनान्सको सेवासमेत प्राप्त गर्न सक्नेछन् ।

हरेक एक्स्चेन्जमा कम्पनीले ग्राहकलाई एसोसरिज तथा आर्कषक उपहारहरु प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत दुई जना भाग्यशाली बिजेताले बाली ट्रिप जित्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment