Comments Add Comment

हिन्दू राष्ट्र अभियानका लागि राप्रपाले गर्‍यो देशभर घरदैलो

७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘हिन्दू राष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियान’ अन्तर्गत सोमबारदेखि देशव्यापी घरदैलो कार्यक्रम सुरु गरेको छ ।

माघ १३, १४ र १५ गते देशका सबै नगरपालिका र गाउँपालिकामा ‘हिन्दू राष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण सभा’को तयारी स्वरुप सोमबार र मंगलबार घरदैलो कार्यक्रम गरिएको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

घरदैलो कार्यक्रममा पार्टीका शीर्ष नेताहरुसमेत विभिन्न जिल्लामा खटिएका छन् । घरदैलोका लागि अध्यक्ष कमल थापा गृह जिल्ला मकवानपुरको हेटौंडा पुगेका छन् ।

घरदैलोका क्रममा उनले केही वर्ष यता अत्यधिक रुपमा भइरहेको धर्म परिवर्तन राष्ट्रको लागि खतरा भएको बताएका छन् । राप्रपाले देशका ७७ वटै जिल्लामा घरदैलो गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment