Comments Add Comment

हिन्दूराष्ट्र र राजतन्त्र स्वीकार गर्न कांग्रेसलाई कमल थापाको आग्रह

७ माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेसलाई हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डामा आउन आग्रह गरेका छन् ।

कांग्रेस स्थापनाकालको आफ्नो एजेण्डा छाडेर कम्युनिस्टहरुको एजेण्डामा समाहित भएको भन्दै थापाले हिन्दूराज्य र संवैधानिक राजतन्त्र स्वीकार गर्न आग्रह गरेका हुन् ।

हिन्दू राष्ट्र पुनस्र्थापना जागरण अभियान अन्तरगत घरदैलो कार्यक्रमका लागि गृहजिल्ला मकवानपुर आएका उनले कांग्रेसले आफूलाई कम्युनिस्टको विकल्प भएको दावी गरे पनि वास्तविक अर्थमा कम्युनिस्टको विकल्प हुन नसक्ने दावी गरे ।

राजाको नेतृत्व स्वीकार गर्दै खोलिएको पार्टी कम्युनिष्टको एजेण्डाको पछि लाग्न नहुने भन्दै अध्यक्ष थापाले अब संवैधानिक राजसंस्था र हिन्दू राज्यको एजेण्डामा आउनुपर्ने बताए ।

थापाले भने ‘काग्रेस स्थापनाकाल भन्दा फरक हुदै आफ्नो ऐजेण्डा बिर्सेर कम्युनिष्टको पछि लागेको छ ।’  कांग्रेस कम्युनिस्ट पार्टीको दाइ वा भाइ हुन सके पनि विकलप हुन नसक्ने उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment