Comments Add Comment

स्ट्यान्डर्ड चार्टर्ड बैंककाे नयाँ सीईओमा अनिरभन घोष नियुक्त

७ माघ, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । चार्टर्डले ब्रुनाइ चार्टर्डको प्रमुख कार्यकारी रहेका अनिरभन घोष दस्तिदारलाई नियुक्त गरेको हो ।

जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि दस्तिदार नयाँ प्रमुख कार्यकारी भएका हुन् । उनी तत्कालिन ग्रिण्डलेज बैंकदेखि नै आएका हुन् । सिल्भानुसले नेपालमा साढे सात बर्ष काम गरेर बिदा भएका हुन् ।

ब्रुनाइअघि दस्तिदार फिलिपिन्स र श्रीलङ्काको प्रमुख कार्यकारी अधिकृत थिए । उनको बैंकिङ क्षेत्रमा २५ बर्षको अनुभव छ । उनी भारतीय नागरिक हुन् ।

चार्टर्डको सञ्चालक समितिले उनलाई प्रमुख कार्यकारी र सञ्चालक चयन गरेको हो । उनको नियुक्तिलाई साेमबार भएकाे साधारणसभाले अनुमोदन गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment