Comments Add Comment

गाउँसभालाई मुख्यमन्त्रीको सम्बोधन : लहडमा विकासका काम नगर्नुस्

७ माघ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लहडको भरमा विकासका काम नगर्न गाउँपालिकाहरुलाई आग्रह गरेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको चौथो गाउँसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले हतारमा विकासका काम गर्दा बिनास निम्तिने चेतावनी दिए । उनले भने, ‘हतार गरेर, हचुवा वा लहडको भरमा विकासका कामहरु नगर्नुस्, यसले विकास भन्दापनि बिनास निम्तिन सक्छ ।’

उनले विधि र प्रक्रिया पुर्‍याउन र गुरु योजना बनाएर विकासका काम गर्न सुझाव दिएका छन् ।

मुख्यमन्त्री गुरुङले ५ वर्षमा गर्नुपर्ने विकासका काम अबको २ वर्ष भित्र गरिसक्ने गरी काम गर्न पनि निर्देशन दिए । जनताको अपेक्षा धेरै रहेको भन्दै उनले भने, ‘२ वर्ष यताउता गरेरै गइसक्यो, पछिल्लो १ वर्ष चुनाव लागिहाल्छ, त्यसैले अबको २ वर्षमै विकासका सबै काम गरि सक्नुपर्छ ।’

श्रोतसाधानको अभावमा काम गर्न नसकेको बताउँदै उनले भने,‘संघीयता पछिको ऐतिहासिक जिम्मेवारी पाएका छौं, यसले गर्दा नाम त लेखिने भयो तर कामचाहिँ नहुने भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment