Comments Add Comment

तान्जानियाको पानीजहाजमा आगलागी, कम्तिमा ११ जनाको मृत्यु

Photo Credit : REUTERS

८ माघ, काठमाडौं । तान्जानीयाको पानी जहाजमा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । क्रिमिया नजिक ब्ल्याक सीमा मालबाहक पानीजहाजमा आगो लागेको हो ।

आगो लागेपछि जहाजमा सवार मानिसहरु समुद्रमा हाम फालेका थिए । रुसी उद्धारकर्ताहरुको टोलीले १४ जनालाई उद्धार गरिसकेका छन् । उद्धारको काम जारी छ । उद्धारकर्ताहरुको टोली आगो लागेको पानी जहाजसम्म पुग्ने कोशिसमा छन् ।

एक जहाजमा ग्यास ट्यांकर थियो । त्यसमा आगो लागेपछि विष्फोट भयो र अर्को पानी जहाजमा पनि आगो सल्कियो । एउटा जहाजबाट अर्को जहाजमा इन्धन खन्याइरहेको बेला आगो लागेको बीबीसीले लेखेको छ ।

त्यसपछि जहाजमा सवार व्यक्तिहरु हामफालेका थिए । उनीहरु अधिकांश डुबेका थिए । प्रत्यक्षदर्शीले उनीहरु पानीमा उत्रिन संघर्ष गरिरहेको देखेको बताएका छन् । एएफपी समाचार एजेन्सीका अनुसार दुई जना क्याप्टेनमध्ये एक जनाको अवस्था अज्ञात छ ।

जहाजमा क्रु मेम्बरसहित टर्की र भारतका १७ जना थिए । त्यसमध्ये केही कलाकार पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment