Comments Add Comment

अब ह्वाट्सएपको मेसेज फरवार्डमा बन्देज

इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले फेक न्यूजविरुद्ध लड्नका लागि कम्मर कसेको छ ।

ह्वाट्सएपले विश्वभरका प्रयोगकर्ताका लागि मेसेज फरवार्ड गर्नमा सीमा तय गरेको छ । अब एकजना प्रयोगकर्ताले एउटा मेसेजलाई अधिकतम पाँच पटकसम्म मात्र फरवार्ड गर्न सक्नेछन् ।

फेसबुक स्वामित्वको ह्वाट्सएपमा अहिले प्रयोगकर्ताले २० पटकसम्म मेसेज फरवार्ड गर्न सक्दछन् ।

ह्वाट्सएपका अनुसार झण्डै आधा वर्षसम्म यस नियमका नतिजाको बारेमा अध्ययन गरी विश्वभर यसलाई लागू गर्ने फैसला गरिएको हो । जसअनुसार फरवार्ड लिमिट फिचरमा प्रयोगकर्ताले फरवार्ड गर्न सक्ने मेसेज संख्या कटौती गरिएको हो ।

यसबाट फेसबुकलाई प्राइभेट मेसेज सम्प्रेषण गर्ने उत्कृष्ट प्लेटफर्मको रुपमा स्थापित गर्न खोजिएको ह्वाट्सएपको भनाइ छ ।

आगामी दिनमा भाइरल सामाग्रीहरुलाई काबूमा राख्नका लागि समेत नयाँ विकल्पहरु ल्याइने ह्वाट्सएपले जनाएको छ ।

अहिले एउटा ह्वाट्सएप ग्रुपमा अधिकतम २ सय ५६ जना प्रयोगकर्ता जोडिन सक्दछन् । तर तयाँ फिचरसँगै अब एकजना प्रयोगकर्ताले ग्रुपको माध्यमबाट १२ सय ८० जनासम्म एउटा मेसेज पुर्याउन सक्दछ । यसअघि ग्रुपमार्फत ५१ सय २० जनासम्म एकसाथ मेसेज सम्प्रेषण गर्न सकिन्थ्यो ।

फेसबुक र ह्वाट्सएपलाई फेक न्यूज फैलाउने प्लेटफर्मको रुपमा बुझ्न थालिएको बेला ह्वाट्सएपले यस्तो कदम चालेको हो ।

अघिल्लो हप्ता फेसबुकले झण्डै ५ सय वटा फेसबुक पेज हटाएको जनाएको थियो । मध्य युरोप, युक्रेन तथा पूर्वी युरोपेली देशहरुमा फेक न्यूज फैलाएको आरोपमा ती फेसबुक पेजमाथि बन्देज लगाइएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment