Comments Add Comment

बर्गर किन्नका लागि जब बिल गेट्स लाइनमा उभिए…

सोसल मिडियामा अहिले एउटा तस्वीर भाइरल बनेको छ । विश्वका दोस्रो नम्बरका धनी मान्छे तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स बर्गरको पसल बाहिर लाइनमा उभिएको तस्वीरले धेरैको ध्यान खिचेको छ ।

धेरै वर्षसम्म विश्वको सबैभन्दा धनी व्यक्तिको रुपमा रही दुई वर्षअघि मात्र दोश्रोमा झरेका गेट्स जब बर्गर, फ्राइज तथा कोकाकोला किन्नका लागि लाइनमा उभिए तब सबै मानिस छक्क परे ।

माइक्रोसफ्टका एक पूर्वकर्मचारीले उक्त फोटो शेयर गरे । अमेरिकाको सीएटलमा रहेको डिक नामको रेष्टुरेन्टको बाहिर उनी अरु ग्राहकजस्तै गरी सामान्य रुपमा लाइनमा खडा छन् ।

बिल गेट्सको सम्पत्ति अहिले ९६ अर्ब डलरभन्दा धेरै छ । माइक्रोसफ्टका पूर्व प्रोग्राम म्यानेजर माइक गलोसले उनको त्यो तस्वीर शेयर गर्दै लेखेका छन्: दुनियाँका धनी मानिससमेत यस्तो खाले व्यवहार देखाउँदछन् न कि ह्वाइटहाउसमा सुनको ट्वाइलेट सिटसँगै फोटो क्लिक गर्ने ।

उक्त पोष्टमा सयौं मानिसहरुले कमेन्ट गर्दै बिल गेट्सको प्रशंसा गरेका छन् । एकजनाले लेखेका छन्: जब तपाईं हजारौं बर्गर कम्पनी एक्लैले खरीद गर्ने सामर्थ्य राख्नुहुन्छ तर आफ्नो लागि एउटा बर्गर किन्नका लागि बर्गर कम्पनी बाहिर लाइनमा बस्नुहुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment