Comments Add Comment

प्रचण्ड परिवारमा भाइरल ज्वरोको प्रकोप, सीता र विना अस्पताल भर्ना

८ माघ, काठमाडौ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड बिरामी भएका छन् । प्रचण्डपत्नी सीता दाहाल सुमेरु अस्पतालको आइसीयू कक्षमा भर्ना भएकी छिन् । बुहारी खानेपानीमन्त्री विना मगर पनि सुमेरु अस्पतालमै भर्ना भएकी छिन् । प्रचण्डलाई भने चिकित्सकहरुले घरैमा उपचार गरिरहेका छन् ।

प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् । भाइरलको ज्वरोका कारण प्रचण्डका नाति र नातिनीलाई पनि अस्पताल पुर्‍याइएकोमा सोमबार डिस्चार्ज गरेर खुमलटार लगिएको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

चिचित्सकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘भाइरलको संक्रमणले सबैजनालाई थला पारेको छ । तर, सीता म्याडमको अरु पनि रोग भएकाले उहाँलाई आइसीयुमा भनाए गरिएको छ । अध्यक्ष प्रचण्ड र बुहारी विना मगरको अवस्था भने सामान्य नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment