Comments Add Comment

शिक्षा आयोगको सिफारिसविपरीत चिकित्सा शिक्षा विधेयक !

८ पुस, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक तयार पारेको भन्दै डा. गोविन्द केसी १२ दिनदेखि अनसनरत छन् ।

समितिको प्रतिवेदन डा. केसीसँग भएको सहमति मात्र होइन, उच्चस्तरीय शिक्षा आयोगले सिफारिसविपरीत भएको पाइएको छ । शिक्षामन्त्रीकै नेतृत्वमा रहेको आयोगले हालै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा चिकित्सा शिक्षाबारे पनि बोलिएको छ । अब खुल्ने चिकित्सा शिक्षासम्बन्धी नयाँ संस्थाहरुलाई गैरनाफामुलक मात्र हुनु पर्ने आयोगको सिफारिस छ । हाल सञ्चालनमा रहेका शिक्षण संस्थालाई पनि क्रमशः गैरनाफामूलक बनाउनपर्ने भनेको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनमा पनि मेडिकल कलेजहरु गैरनाफामूलक हुने भनिएको छ । अहिले भएका मेडिकल कलेजहरु १० वर्षभित्र गैरनाफामूलक हुने र नयाँ खुल्ने पनि सञ्चालनमा आएको १० वर्षपछि मात्र गैरनाफामूलक हुने प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment