Comments Add Comment

‘उरी’को कमाई दोश्रो सातामा झनै बढ्यो

बलिउडमा अहिले बिषयवस्तु राम्रो भएका साना बजेटका चलचित्रले पनि सय करोड सजिलै कमाउन थालेका छन् । महंगो बजेटका चलचित्र असफल भैरहेको समयमा सानो बजेटका चलचित्रले तहल्का मच्चाइरहेका छन् ।

सन् २०१९ मा पनि यस्तै संकेत देखिएको छ । यो बर्षको सुरुवातमा रिलिज भएको चलचित्र ‘उरीः दि सर्जिकल स्ट्राइक’ले बक्स अफिसमा तहल्का नै मच्चाएको छ । यो चलचित्रको कमाई पहिलो साताको विकेन्डमा भन्दा दोश्रो साताको विकेन्डमा धेरै छ ।

पहिलो साताको विकेन्डमा ३५ करोड कमाएको चलचित्रले दोश्रो साताको विकेन्डमा ३७ करोडको व्यापार गरेको छ । यो चलचित्रले दोश्रो हप्ताको शुक्रबार ७.६६ करोड, शनिबार १३.२४ करोड र आइतबार १७.०६ करोडको कमाई गरेको छ । योसँगै चलचित्रको व्यापार १०९ करोड पुगेको छ ।

करिब ४२ करोडको लागतमा बनेको यो चलचित्रले १० दिनमै सय करोडको कमाई गरेको थियो । विक्की कौशल र यमी गौतमको मुख्य भूमिका रहेको चलचित्रलाई भारतका दर्शकले साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment