Comments Add Comment

वाइडबडी जाँचबुझ आयोगका सदस्यले भने–निर्मला काण्डको जाँचबुझ गर्दैछु, विमान काण्ड बुझ्न भ्याउँदिन

८ माघ, काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणको अनियमितता सन्दर्भमा छानबिन गर्न बनाएको उच्चस्तरीय जाँचबुझ आयोगका एक सदस्य नरेन्द्र पाठकले आयोगका बसेर काम गर्न नभ्याउने प्रष्ट पारेका छन् ।

उच्च अदालतका पूर्वमुख्यन्यायाधीश गोविन्द पराजुलीको अध्यक्षताको जाँचबुझ आयोगमा पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्र पाठक पनि सदस्य तोकिएका थिए । झापा जिल्लाका बासिन्दा पाठक प्रधानमन्त्री केपी शर्मा ओलीका नातेदार पनि पर्छन् ।

पाठकले वाइड बडीबारे छानबिन गर्ने आयोगमा बस्न आफूले अस्वीकार नगरेको भन्दै यसअघि नै सरकारले गठन गरेको निर्मला हत्या प्रकरणसम्बन्धी जाँचबुझ आयोगको अध्यक्ष भएकाले समय दिन नपाउने बताए । उनले यसको जानकारी आफूले सरकारलाई पनि गराएको अनलाइनखबरसँग बताए ।

पाठकले भने- ‘म निर्मला पन्तको हत्या सम्बन्धी जाँच गर्ने उच्चस्तरीय छानविन आयोगको अध्यक्ष छु । यस्तो जिम्मेवारी बहन गरिरहेका बेला अर्को जिम्मेवारी पूरा गर्न भ्याइँदैन भनेर मैले जानकारी गराएको हो । आयोगमा बस्न नमानेको भन्ने होइन ।’

निर्मला पन्तको हत्या तथा बलात्कार सम्बन्धी घटनाको जाँचबुझ लगभग सकिएको र सरकारलाई पूर्ण प्रतिवेदन दिने तयारीमा रहेको उनले बताए ।

सरकारले करीव तीन साताअघि गठन गरेको तीन सदस्यीय जाँचबुझ आयोगका एक सदस्य पाठकले असमर्थता जनाएपछि अब अध्यक्ष पराजुली र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा मात्र बाँकी रहेका छन् ।

पाठकको ठाउँमा अर्को व्यक्ति नियुक्त गर्नेबारे अहिलेसम्म मन्त्रिपरिषदमा छलफल भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment