Comments Add Comment

नेपाल-युएई कुटनीतिक सम्बन्ध कायम भएको ४२ वर्ष पूरा

युएई/ नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको मंगलबार ४२ वर्ष पूरा भएको छ । नेपाल र युएईबीच सन् १९७७  जनवरी २२ मा कुटनीतिक सम्बन्ध सुरु भएको थियो ।

नेपालले युएईमा सन् २००४ को अप्रिल ११ मा नेपाली दूतावास स्थापना गरेको हो  ।  २००७ सम्म कार्यबहाक राजदूतका रुपमा दूतावास रहेता पनि सन् २००७ को डिसेम्बर २१ बाट युएईमा पूर्णराजदूतले जिम्मेवारी सम्महालेका हुन् ।

करिब तीन वर्षयता युएई राजदूतविहीन थियो । सरकारले युएईका लागि कृष्णप्रसाद ढकाललाई राजदूत नियुक्त गरेको छ । कार्यबाहक राजदूतको जिम्मेवारी  सागरप्रसाद फुयाँलले सम्महालि रहेका छन् ।

युएईले पनि सन् २०१६ मे १० मा काठमाडाैंमा दूतावास स्थापना गरेर काम सुरु गरिरहेको छ ।

पछिल्ला समय दुई देशबीचको सम्बन्धलाई  थप बलियो बनाउन  दुवैदेशका उच्च अधिकारीले नियमित भ्रमण गदैँ आएका छन् । जसले सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यबाहक राजदूत फुयाँलले बताए ।

युएईमा अहिले करिब २ लाख ५० हजार नेपाली कार्यरत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment