Comments Add Comment

अनमोलको प्रश्नले हेमराजलाई हैरानी

निर्देशक हेमराज वीसी नायक अनमोल केसीसँग कुनै न कुनै तबरले जोडिएका छन् । कुनै न कुनै तबरले उनी अनमोल केसीकै कारणले गर्दा चर्चामा रहन्छन् । नायक केसीसँग काम गरुन् या नगरुन्, हेमराजलाई अनमोलको प्रश्नले भने छाड्दैन ।

यसपटक, चलचित्र ‘दि ब्रेकअप’मा उनको नायकको रुपमा अनमोल केसी छैनन् । यसपटक उनले आशिरमान देशराज जोशीलाई मुख्य नायक बनाएका छन् । तर, पनि उनी अनमोल केसीकै वरिपरी घुम्न वाध्य भए ।

उनले निर्देशन गरेको यो चलचित्र र नायक केसीले अभिनय गरेको चलचित्र ‘क्याप्टेन’ एकसाथ जुध्ने भएपछि हेमराजलाई पत्रकारले प्रश्न गरे । अनमोलले ‘दि ब्रेकअप’ चलचित्र गरेका थिएनन् । यसैले पनि हेमराजलाई अनमोलसँग इगो छ भन्ने चर्चा चलचित्र वृत्तमा छ । यहीकारणले पनि हेमराजले वितरकसँग कुनै सल्लाहा नै नगरी फागूण १७ मा अनमोलको चलचित्रसँग जुधाएको चर्चा छ ।

वितरक मनोर राठीले ‘दि ब्रेकअप’का निर्मातामाथि उजुरी दर्ता गराएका थिए । हेमराजले राठीसँग लिएको १० लाख रुपैयाँमा ३ लाख थपेर रकम फिर्ता गरेको चर्चा छ । अनमोलसँग चलचित्र जुधाउनुको बिषयमा उनले भने–‘मेरो अनमोलसँग कुनै पनि इगो छैन । उनी र मेरो सम्बन्ध आज पनि सुमधुर छ । तर, यो मितिमा बिदा धेरै परेकाले २ वटा चलचित्र आउँदा खासै घाटा नहुने सोचेर हामी आएका हौं ।’

निर्देशक वीसीले अनमोलसँग कुनै इगो नभएको बताएपनि चर्चा बढी हुने भएकाले उनी यो मितिमा आएको पक्का छ । अनमोलसँग चलचित्र ‘होस्टेल, जेरी र गाजलु’मा काम गरेका हेमराज यसपटक आशिरमानलाई अगाडि सारेर अनमोललाई टक्कर दिने धुनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment