Comments Add Comment

सरकारले संवैधानिक अंगलाई कम्युनिस्ट भर्ती केन्द्र बनायो : रामचन्द्र पौडेल

८ माघ, बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संवैधानिक अंगहरुलाई कम्युनिस्टको भर्तीकेन्द्र बनाएको आरोप लगाएका छन् ।

बुटबलमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा उनले प्रमुख प्रतिपक्षी दलको नेताविनै संवैधानिक परिषदको बैठक बोलाएर आफ्ना मान्छेमात्र नियुक्त गरिएको आरोप लगाए ।

केही दिनअघि बसेको संवैधानिक परिषदले प्राकृतिक स्रोत तथा वित्त आयोग, थारु आयोग, मुस्लिम आयोग र समावेशी आयोगको अध्यक्ष नियुक्त गरेको थियो । विपक्षी दलको नेता परिषदको सदस्य हुने व्यवस्था भए पनि कांग्रेस सभापति शेरबहादुुर देउवा अनुपस्थित बैठकले उक्त निर्णय गरेको थियो ।

‘सरकारले विपक्ष दलको नेता विना संबैधानिक आयोगमा व्यक्तिको नियुक्ति गरेको छ,यो लोकतन्त्रमाथि प्रहार हो, यसलाई गम्भीर रुपमा लिनुपर्छ, आयोगलाई कम्युनिष्टको भर्ती केन्द्र बनाए’ नेता पौडेलले भने ।

उनले सरकारले लोकतन्त्रलाई भर्याङ बनाएर अधिनायकवादको बाटोमा हिँडेको आरोप लगाए । ‘सरकारका तीन काम हुन्छन्, विकास, सुशासन र शान्ति सुरक्षा कायम गर्ने, यी तीनवटै कुरामा सरकार फेल भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment