Comments Add Comment

न्याय परिषद सचिवालयका तत्कालिन लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

८ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद सचिवालयका तत्कालिन लेखापाल शिवहरि ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

न्याय परिषद सचिवालयमा कार्यरत रहँदा आर्थिक वर्ष २०७२/७३ मा २४ लाख ४६ हजार २ सय १२ रुपैयाँ ६० पैसा हिनामिना गरेको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

हाल खनियावास गाँउपालिकाको कार्यालय, धादिङमा कार्यरत ढकालले २४ लाख ४६ हजार २ सय १२ रुपैयाँ ६० पैसा बढी रकम झिकी हिनामिना, हानिनोक्सानी, दुरुपयोग गरी निजी प्रयोगमा लगाएको देखिएको अख्तियारले बताएको छ ।

उनीविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराध गरेको दावीसहित २४ लाख ४६ हजार २ सय १२ रुपैयाँ ६० पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment