Comments Add Comment

२७ बर्षपछि एकसाथ देखिदा यसो भन्छन् अनिल र माधुरी

बलिउडका चर्चित जोडी अनिल कपुर र माधुरी दिक्षित २७ बर्षपछि एकसाथ पर्दामा आएका छन् । उनीहरुले अभिनय गरेको चलचित्र ‘टोटल धमाल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै यो जोडीले एक अर्काको प्रशंसा गरेको छ । कार्यक्रममा अनिलले भने–‘माधुरीसँग फेरि जोडिदा मलाई व्यवसायिक मात्र होइन, भावनात्मक सम्बन्ध पनि जोडिएको महशुश भैरहेको छ । हामीविचमा निकै गज्जबको केमेष्ट्री छ ।’

यस्तै, नायिका दिक्षितले पनि अनिलको कामको प्रशंसा गरिन् । उनले भनिन्–‘अनिल कपुर सधै नै उस्तै छन् । उनी कहिले पनि बदलिदैनन् । म उनीसँग काम गर्न पाउँदा एकदमै उत्साहित छु ।’ इन्द्र कुमारको कमेडी कथामा बनेको यो चलचित्रमा अजय देवगण, अर्सद वार्सी, रितेश देशमुख, जाफेद जफारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment