Comments Add Comment

राष्ट्रिय झण्डाले पर्यटन प्रबर्द्धन गर्दै

८ माघ, गोरखा । नेपालको ठूलो राष्ट्रिय झण्डा राखिएको गोरखाको पालुङटार नगरपालिका-२ लिगलिगकोटको थुम्कामा पर्यटकको संख्या बढ्न थालेको छ ।

पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले राष्ट्रिय एकता दिवसको अवसर पारेर ४० फिट अग्लो झण्डा राखिएको थियो । ‘६० फिट अग्लो टावर निर्माण गरेर त्यसमाथि झण्डा राखेका छौ,’ नगर प्रमुख दिपकबाबु कंडेलले भने, ‘त्यही हेर्नका लागी पनि अहिले पर्यटकहरु आउने गरेका छन् ।’ उक्त झण्डा नेपालकै ठूलो भएको उनको दावी छ ।

झण्डा हेर्नकै लागि दैनिक करिब पाँच सय पर्यटक आउने गरेको स्थानीय अशोक गान्धारी बताउँछन् । ‘पहिले त खासै मान्छे हुन्थेनन् तर यो झण्डा राखेपछि मानिसहरुको ओइरो लाग्ने गरेको छ,’ उनले भने ।

सार्वजनिक बिदाका दिन पर्यटकको बढी भीड हुने उनको भनाइ छ । ‘धेरै आन्तरिक पर्यटक नै आउँछन्, झण्डा राखिएको ठाउँमा पुगेर सेल्फी फोटो खिच्न व्यस्त हुन्छन्,’ उनले भने ।

रातमा पनि झण्डा देखिने गरी बत्ती जडान गर्ने तयारी नगरपालिकाको छ । ‘झण्डा राखेसँगै लिगलिगकोटमा पर्यटकको संख्या बढ्न थालेको छ, यसले त्यहाँका स्थानीयको आर्थिक स्थिती सुधार गर्न पनि सहयोग पुर्‍याउँछ,’ नगर प्रमुख कडेलले भने ।

लिगलिगकोटसम्म पुग्ने बाटोको स्तरोन्नती गर्ने नगरपालिकाले तयारी गरेको छ । दौडेर राजा बनेका ऽव्यशाहले राज्य गरेको लिगलिगकोटलाइ राष्ट्रिय एकताको पहिचानको रुपमा प्रचारप्रसार गर्ने नगपालिकाको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment