Comments Add Comment

वैदेशिक रोजगारीमा जानेले बोक्न पाउने विदेशी मुद्रामा भारी कटौती

८ माघ, काठमाडौं । सरकारले वैदेशिक विनिमय सञ्चितिलाई बलियो बनाउन भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्रामा पनि भारी कटौती गरेको  छ । अब वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलरसम्मको वैदेशिक मुद्राको सटही सुविधा पाउने छन् ।

यसअघि ५ सय डलर सम्मको वैदेशिक मुद्रा लिएर कामदार विदेशिन पाउँथे ।

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई २ सय अमेरिकी डलरसम्म मात्रै सटही सुविधा दिन भन्दै एक निर्देशन जारी गरेको छ । रोजगारीमा जानेका लागि २ सय डलर पर्याप्त हुने दावी राष्ट्र बैंकका अधिकारीहरुको छ ।

कामदार विदेश पुगेपछि उसको खर्च रोजगारदाता कम्पनीले गर्ने भएकाले ठूलो मात्रामा वैदेशिक मुद्रा बाहिरिन नदिन यस्तो व्यवस्था गरिएको उनीहरु बताउँछन् ।

पछिल्लो सयममा सरकारको विदेशी मुद्राको सञ्चिति दयनीय अवस्थामा छ । मंसिरसम्मको तथ्यांकअनुासर सञ्चितिले ७.८ महिना मात्रै आयात धान्न सक्छ ।

सरकारले हाल वैदेशिक शिक्षाका लागि जानेहरुले प्रतिव्यक्ति १५ सय अमेरिकी डलर मात्रै लैजान पाउने व्यवस्था गरेको छ । कात्तिकसम्म २५ सय डलरससम्म लैजान पाइन्थ्यो ।

हाल कुल विदेशी विनिमय सञ्चिति असार मसान्तको तुलनामा ३.३ प्रतिशतले कमी आई मंसिर मसान्तमा १० खर्ब ६५ अर्ब ८० करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ७.९ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा ९ अर्ब २९ करोड रहेको छ ।

हेर्नुस् निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment