Comments Add Comment

नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप, उपसचिवको गाडीमा ढुंगा प्रहार

८ माघ, काठमाडौं । डा. गोविन्द केसीसँगको सहमति विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन खोजेको भन्दै नेविसंघले गरेको प्रर्दशनका क्रममा मंगलबार दिउँसो झडप भएको छ ।

नयाँ वानेश्वरस्थित संसद भवन छेऊमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठनले गरेको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी गोविन्दराज काफ्लले प्रदर्शनकारीले निषेधित क्षेत्र पार गरेपछि लाठीचार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएको बताए । उनका अनुसार त्यसक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव लक्ष्मी निरौला चढेको गाडीमा नेविसंघ कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् ।

संसद भवन अगाडि उभिएको समूहले सरकारी गाडी देख्नेवित्तिकै ढुंगा प्रहार गर्दा उनको बा १ झ ४१२६ नम्बरको कारको सीसा फुटेको छ ।

उपसचिव निरौलाका अनुसार उनलाई समेत सीसाको टुक्राले लागेको छ । कार्यालय समयपछि गाडी लोकन्थली जाँदै थियो । हाल उक्त गाडीलाई मन्त्रालय परिसरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment