Comments Add Comment

मन्दिर प्रवेश गरेर परम्परा तोडेको आरोपमा घरनिकाला

९ माघ, काठमाडौं । भारत केरलाको सबरीमला मन्दिरमा प्रवेश गरेर इतिहास रचेकी महिला कनकदुर्गालाई उनको पतिले घरनिकाला गरेका छन् ।

उनी ५० वर्षभन्दा कम उमेरकी एक महिलालाई लिएर सबरीमलामा अवस्थित स्वामी अयप्पाको मन्दिरमा प्रवेश गरेकी थिइन् । उनीमाथि स्वामी अयप्पाको मन्दिरमा प्रार्थना गरेर प्राचीन परम्परा तोडेको आरोप लागेको छ । रजस्वला हुने उमेरका महिलाहरुलाई सबरीमला मन्दिरमा प्रवेश गर्न बन्देज हुने परम्परा छ ।

यसअघि उनको सासु आमाले यसै विषयमा कनकदुर्गालाई कुटपिट गरेकी थिइन् । त्यसक्रममा उनको टाउकोमा चोट लागेको थियो । त्यसैले उनलाई अस्पतालमा भर्ना गर्नु परेको थियो । अस्पतालबाट घर फर्किँदा थाहा भयो उनको पतिले घर छाडेर हिँडेका छन् र घरमा ताला लगाइदिएका छन् ।

समाजसेवी तंकाचन विठयाटिलले बीबीसीसँग भनेका छन्, ‘उनको पति कनकदुर्गासँग कुरै गर्न तयार छैन ।’

अस्पतालबाट घर फर्किँदा थाहा भयो उनको घरपरिवारले कनकदुर्गा घर नआए हुन्थ्यो भन्ने चाहन्थ्यो । त्यसैले उनी प्रहरी थानामा पुगिन् ।

मल्लापुरका प्रहरी प्रमुख प्रतीश कुमारले भनेका छन्, ‘कनकदुर्गाका पति पुलिस थानामा आएर पत्नी घर नफर्किए हुन्छ भनेका थिए । कनकदुर्गाले भने पतिसँगै बस्ने इच्छा व्यक्त गरेकी छिन् । तर उनका पति भन्छन् बरु म पनि पुलिस थानामै बस्छु । हामीले दुवैलाई सम्झायौं, तर कुरा मिलने । त्यसपछि हामीले कनकदुर्गालाई केरला सरकारले महिलाहरुका लागि बनाइदिएको महिला सहायता केन्द्रमा पठायौं ।’

मुद्दा अदालतमा

जिल्ला प्रहरी प्रमुखका अनुसार कनकदुर्गाले यसविरुद्ध उजुरी दर्ता गराएकी छन् । त्यसैले अब यो घरेलु हिंसाको मुद्दा बनेको छ । अब यो मामला अदालत पुग्ने छ ।

कनकदुर्गाले जुन दिन आफ्नो सासुसँग झगडा भएको थियो त्यसैदिन उजुरी दर्ता गराएकी थिइन् ।

सबरीमला मन्दिरबाट फर्किएपछि प्रदर्शनकारीसँग डराएर उनी केही दिन लुकेर बसिन् । जुन दिन उनी घर फर्किइन् त्यही दिन उनले घरका सदस्यबाट विरोधको सामना गर्नुपर्यो ।

गत वर्ष सर्वोच्च अदालतले १० देखि ५० वर्षसम्मका सबै महिलाहरुले सबरीमला मन्दिरमा प्रवेश गर्न पाउने फैसला गरेको थियो । ३९ र ४० वर्षका कनकदुर्गा र विन्दु अम्मिनी २ जनवरीमा सबरीमला मन्दिर प्रवेश गरेका थिए । मन्दिर परिसर प्रवेश गर्नका लागि यी दुवै महिलाहरुले सबै रीतिरिवाजको पालना गरे जुन मन्दिरको १८ औं सिँढी चढ्नुभन्दा पहिले भक्तजनहरुका लागि जरुरी छ ।

उनीहरु त्यसअघि २४ डिसेम्बरमा पनि मन्दिरमा प्रवेश गर्न खोजेका थिए । तर सफल भएका थिएनन् । दोस्रोपटक भने उनीहरुलाई सादा पोशाकका महिला प्रहरीले पनि साथ दिएका थिए ।

२४ डिसेम्बरको दिन प्रहरी बलको सहयोगमा उनीहरु मन्दिरमा प्रवेश गर्न खोज्दा भारतीय जनता पार्टी सम्बद्ध संगठन सबरीमला कर्मा समितिका सदस्यहरु प्रहरीविरुद्ध नै जाइलागेका थिए । यो समितिले गत वर्ष सर्वोच्च अदालतले १० देखि ५० वर्षसम्मका सबै महिलाहरुले सबरीमला मन्दिरमा प्रवेश गर्न पाउने भनेर गरेको फैसलाको विरोध गर्दै आएको छ । किनभने रजस्वला हुने उमेरका महिलाहरु सबरमला मन्दिर गर्नु हुँदैन भन्ने परम्पराको विपरित सर्वोच्चको फैसला आएको छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment