Comments Add Comment

प्रहरी इन्काउन्टरमा मारिए दीपेन्द्र चौधरी

९ माघ, सप्तरी । असईको हत्या र हबल्दारलाई घाइते बनाएको आरोप लागेका एकजना व्यक्तिको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । राजविराज रुपनी सडकखण्ड अन्तर्गत रायपुर नजिकै प्रहरी कार्वाहीमा सप्तरीको कडरबोना निवासी दिपेन्द्र चौधरी मारिएका हुन् ।

सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बुधबार बिहान ४ बजे गस्तीमा खटिएको प्रहरी टोलीमाथि एक राउण्ड फायर गरेपछि जवाफी फायरिङ् गर्दा उनको मृत्यु भएको बताए ।

एसपी बिष्टका अनुसार चौधरीले पाँच वर्षअघि असई रमेश सुव्वाको हत्या गरेका थिए भने एक साताअघि सप्तरीको खड्ग नगरपालिकामा प्रहरी हबल्दार महेन्द्र सतरामाथि गोली प्रहार गरेका थिए ।

यस्तै इलाका प्रहरी कार्यालय कडरबोना नजिकै केही वर्षअघि चौधरीले नै बम बिष्फोट गराएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मृतक चौधरीको साथबाट एक राउण्ड कटुवा पेस्तोल समेत बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment