Comments Add Comment

चन्द्रागिरीमा हिउँ पर्यो

९ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । हिउँ परेसँगै सँगै मानिसहरु चन्द्रागिरी पुग्न थालेका छन् । चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।

हिउँ परेपछि चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । काठमाडौंमै हिउँमा रमाउन चाहनेहरुका लागि नजिकैको चन्द्रागिरी डाँडा सहज विकल्प बनेको छ ।

चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ । मंगलबार रातीदेखि नै काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । वर्षाका कारण जाडो समेत बढेको छ ।

हेर्नुहाेस् केही तस्वीरहरू ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment