Comments Add Comment

साहरुख भन्छन्–‘म अबरामको कारण फिल्म निर्देशन गर्न चाहन्नँ’

चलचित्र सफल होस् या असफल, बलिउडका सुपरस्टार नायक साहरुख खान चलचित्रमा केही न केही प्रयोग गर्न रुचाउछन् । साहरुख खानले अभिनय गरेको पछिल्लो चलचित्र ‘जिरो’ भारतीय बक्स अफिसमा असफल भयो । तर, साहरुखले चलचित्रमा भीएफएक्सको उच्च प्रयोग गरे ।

उनै, साहरुख खान चलचित्र निर्देशन गर्ने बिषयमा के सोच्छन् होला ? भारतीय मिडियासँगको कुराकानीमा उनले आफू तत्काल निर्देशक बन्न नसक्ने बताए । साहरुखले भने–‘चलचित्र निर्देशन भनेको एक्लोपनामा रमाउनु हो । म यसका लागि तयार छैन ।’

साहरुखले अगाडि भने–‘म यसकारण पनि आफूले काम गरेका निर्देशकलाई निकै नै माया गर्छु । किनकी, लामो समयसम्म एक्लै बसेर काम गर्नु सहज छैन । फेरि, मलाई निर्देशनको बारेमा खासै जानकारी पनि छैन ।’
साहरुखले आफूले चलचित्र निर्देशन गर्न नसक्नुको पछाडि कान्छा छोरा अब्राहमलाई पनि कारण बनाएका छन् ।

उनले भनेका छन्–‘चलचित्र लेख्नका लागि मात्र पनि २ बर्ष बन्द कोठामा एक्लै बस्न पर्छ । म अबरामको अगाडि बसेर यो काम पुरा गर्न सक्दिन । फेरि, उ अहिले ठूलो हुँदैछ । म उसको बढ्दो उमेरको हरेक पल मिस गर्न चाहन्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment