Comments Add Comment

सातदोबाटो-रत्नपार्क-नारायण गोपालचोक रुटमा पनि रेल !

Photo Credit : प्रतिकात्मक तस्वीर

१० माघ, काठमाडौं । काठमाडौं उपत्यकामा थप एउटा रेलको परियोजनाको अध्ययन हुने भएको छ ।  रेल विभागले सातदोबाटो-रत्नपार्क-नारायण गोपाल चोक रुटमा विद्युतीय मेट्रो रेलको अध्ययन गर्न प्रक्रिया अघि बढाएको हो ।

अध्ययनका लागि इच्छुक कम्पनीहरुले आउँदो चैत ७ गतेभित्र आवेदन दिन सक्नेछन् । उक्त कम्पनीले यो रुटमा मेट्रो रेल सञ्चालनको सम्भाव्यताको अध्ययन गरी विस्तृत परियोजना डीपीआर तयार पार्नेछ ।

इच्छुक कम्पनीहरुबाट छानिएको कम्पनीले निश्चित समयमाप्रतिवेदन  (डीपीआर)  गर्नेछ । आशय र योजनासहितको आवेदनबाट उत्कृष्टलाई विभागले छनोट गर्नेछ ।

यो रुटमा सन् २०११ मा विभागले फिजिबिलिटी अध्ययन गरिसकेको छ । कोरियन कम्पनीमार्फत मेट्रोरेलको सम्भाव्यता अध्ययन गरिएकोमा अब डीपीआर बनाएर परियोजना अघि बढाउने तयारी गरेको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।

यो रुटको अर्को खण्डमा मेट्रो रेल सञ्चालनका लागि भने लगानी बोर्डले काम गरिरहेको छ ।

बोर्डका अनुसार नागढुंगादेखि धुलिखेलसम्मको ३७ किमिमा मेट्रो रेल सञ्चालनको डीपीआर बनाउन ४ वटा कम्पनीले इच्छा देखाएका छन् । यी ४ मध्ये उत्कृष्टलाई छानेर डीपीआर निर्माणको जिम्मा दिने तयारी छ ।

यो रुटमा चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, राइट्स इन्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युकसलवारी टर्कीले डीपीआर निर्माणका लागि इच्छा देखाएका छन् ।

काठमाडौंको चक्रपथमा २८ किमिमा मोनोरेल सञ्चालनका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा प्रक्रिया अघि बढाएका छन् ।

यो रुटमा मोनोरेल चलाउन चिनियाँ कम्पनीलाई एक वर्ष भित्र सक्ने गरी डीपीआर निर्माणको जिम्मा दिइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment