Comments Add Comment

सुवेक्षाको सुन्दरता

नायिका सुवेक्षा खड्कालाई चलचित्र क्षेत्रमा राम्रै लक लाग्छ भन्ने लागेको छ । माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रणवीर’को कथावस्तुले तानेपछि उनले यसमा काम गरेकी हुन् । सुवेक्षाको सुन्दरता र उनको बोल्ने शैलीलाई दर्शकले रुचाएका छन् । चलचित्रको पर्दामा पनि उनलाई दर्शकले रुचाएभने उनका लागि सुनमा सुगन्ध नै हुनेछ ।

सुशिल सिटौला, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट अभिनित यो चलचित्रको एक्सनले अहिले चर्चा पाइरहेको छ । सुवेक्षा आफूले चलचित्रमा काम गर्दा आफ्नो मात्र भूमिका नहेर्ने बताउँछिन् । उनी, अरु क्यारेक्टरलाई पनि चलचित्रमा कसरी जोडिएको छ, त्यसलाई समेत हेरेर आफूले काम गर्ने उनको तर्क थियो ।

सुवेक्षा अहिले चलचित्र प्रचारका लागि मोफसल दौडमा छिन् । उनले, आफूलाई चलचित्रको नशा लागिसकेको र राम्रो कथावस्तुमा निरन्तर काम गर्ने प्रतिक्रिया दिइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment