Comments Add Comment

माघ १८ देखि आशा लघुवित्तको आईपीओ आउने

१० माघ, काठमाडौं । आशा लघुवित वित्तीय संस्था लिमिटेडले आगामी १८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

संस्थाले माघ १८ देखि सर्वसाधारणका लागि ६ लाख २९ हजार कित्ता अर्थात ६ करोड २९ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

संस्थाको आईपीओका लागि आवेदन दिने म्याद छिटोमा २२ र ढिलोमा फागुन १९ सम्म आवेदन खुला हुने संस्थाको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

आइपीओका लागि न्युनतम १० कित्तादेखि र अधिकतम ३ हजार ३ सय ७० कित्तासम्म आवेदन दिन पाइनेछ ।

यसको विक्री गर्न लोको साधारण शेयरमध्ये १० हाजार ३७० कित्ता कर्मचारीलाई र ३३ हजार ७०० कित्ता म्युचुअल फण्डलाई बाँकी ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणको मात्रै आइपीओ जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment