Comments Add Comment

नेपाली सेनाले छाड्यो दिपायलमा रेडियो नेपालको सुरक्षा

१० माघ, दिपायल । विसं २०५८ देखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको सुरक्षार्थ खटिँदै आएको नेपाली सेना बुधबारदेखि आफ्नै व्यारेक फर्किएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सुरक्षा समितिको बैठकले रेडियो नेपाल दिपायलमा सशस्त्र प्रहरी राख्ने निर्णय गरेपछि सेना व्यारेक फर्किएको हो ।

सेनाले रेडियो नेपालको सुरक्षार्थका लागि हाल सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको छ । उक्त बिदाइ कार्यक्रममा सुरक्षामा खटिएर सहयोग गर्ने सेनालाई रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलका प्रमुख विएल चौधरीले धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment