Comments Add Comment

छायांकनमा हल्लाखल्ली, रिलिजमा सुनसान

चलचित्रको रिलिजको समयमा दर्शकले थाहा पाएनन् भने अरु समयमा जती हल्ला मच्चाएपनि केही हुँदैन । चलचित्र रिलिजको करिब २ महिना प्रचारमा विशेष ध्यान नदिने हो भने चलचित्र रिलिजको समयमा हल त खाली हुन्छ नै, माहोल पनि सुनसान हुन्छ ।

आजबाट ३ वटा नेपाली चलचित्र रिलिज भएका छन् । तर, ३ चलचित्रको रिलिजको समयमा निकै सुनसान छ । दर्शकले नयाँ चलचित्र रिलिज भएको नै पत्तो पाएका छैनन् । साम्तेन भुटियाको निर्देशनमा आजबाट चलचित्र ‘अनागत’ रिलिज भएको छ । प्रियंका कार्की र अर्पण थापा जस्ता चलेका कलाकारको चलचित्र रिलिज हुँदा पनि चर्चा छैन ।

यो चलचित्रको छायांकनको समयमा पत्रकारलाई बाक्लो उपस्थित गराएर हल्ला खुबै गरिएको थियो । प्रियंका र अर्पणका रोमान्टिक तस्बिरहरु समाचार खुबै छाएका थिए । तर, चलचित्र हलमा लाग्दा दर्शक नै बेखबर छन् । चलचित्रको छायांकनको समयमा खुबै फुर्ती गर्ने मेकरहरु रिलिजको समयमा कुनै कुनामा पस्छन् । यसैले, यस्तो वेअर्थ र नवुझेर चलचित्र बनाउनुको कुनै अर्थ रहदैन । आजैबाट चलचित्र ‘आरोप र बैना’ पनि रिलिज भएका छन् । यी दुई चलचित्र रिलिज भएको थाहा पाउन काठमाण्डौका केही चोकमा भित्तामा टाँसिएका पोष्टर हेर्दा मात्र थाहा हुन्छ ।

शुक्रबार बिहान रिलिज गरेर दिउँसो उत्रने चलचित्र बनाउन किन निर्माताहरु रहर गर्छन्, वुझ्न निकै अप्ठ्यारो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment