Comments Add Comment

फेब्रुअरी २४ मा एलजीको फाइभ जी स्मार्टफोन

दक्षिण कोरियाली कम्पनी एल जी इलेक्ट्रोनिक्सले आगामी फेब्रुअरी २४ मा स्पेनको बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा आफ्नो पहिलो फाइभ जी स्मार्टफोन लञ्च गर्ने घोषणा गरेको छ ।

उक्त फाइभ जी स्मार्टफोन जनवरी २८ सम्म चल्ने मोबाइल वल्र्ड कंग्रेस २०१९ मा प्रदर्शनीमा राखिनेछ ।

रिपोर्टअनुसार यसमा क्वालकोमको सबैभन्दा पछिल्लो स्नापड्रागन ८५५ प्रोसेसरको प्रयोग गरिनेछ ।

फोनमा ४ हजार मिलिएम्पिएर आवर क्षमताको ब्याट्री हुनेछ, जसले फास्ट चार्जिङ्ग प्रविधि पनि सपोर्ट गर्नेछ ।

विश्वमा फाइभ जी नेटवर्कमा चल्ने स्मार्टफोन निर्माणको दौडमा रहेका कम्पनी मध्ये एल जी एक हो । एलजी सँगै सामसुङ, वनप्लस, शाओमी तथा ओप्पो जस्ता कम्पनीहरुले पनि फाइभ जी स्मार्टफोन निर्माणमा काम गरिरहेका छन् ।

नयाँ ब्राण्डिङ्गका साथमा एलजीले बजारमा ल्याउने स्मार्टफोनका कारण २०१९ को पहिलो आधा वर्षमा एलजीका स्मार्टफोनको बिक्रिदर ह्वात्तै बढ्ने अपेक्षा गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment