Comments Add Comment

हरिवंश र निरुताको ‘भिजिट भिसा’मा सार्वजनिक

 

चलचित्र ‘दाल भात तरकारी’मा समावेश प्रतिक्षित गीत ‘भिजिट भिसामा’ सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रमा समावेश लोक लयको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।
शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर, हरिवंश आचार्यको शब्द छ । यो गीतले चलचित्रको भावलाई समेत बोकेको छ ।

सुदन केसीको निर्देशनमा तयार भएको यो चलचित्र वैशाख १३ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आँचल शर्मा, बर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेल लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा रमिला आचार्य, नरेन्द्र कंसकार, शिवहरि पौडेल, यमन श्रेष्ठको लगानी छ । हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।

चलचित्रले ‘दाल भात तरकारी’का लागि नेपालीले गर्ने दुखलाई कमेडीको माध्यमबाट प्रस्तुत गरेको छ । यो गीतको कोरियोग्राफी उत्कृष्ट छ । शम्भुजित बास्कोटाको संगीतमा अन्जु पन्त र निशान भट्टराइको स्वरले गीतमा ज्यान भरेको छ ।
कलाकारको नृत्य र लोकेशनलाई समेत तारिफ गर्न सकिन्छ । गीतले दर्शकको मन जित्ने कुरामा दुइमत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment