Comments Add Comment

हिमपातले सुदूरपश्चिमका ७ जिल्लाको यातायात अवरुद्ध

Photo Credit : अनलाइनखबर फाइल

११ माघ, डडेल्धुरा । डडेल्धुरामा बुुधबारदेखि नै परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ ।

दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा शुक्रवार विहानदेेखि यातायात सेवा ठप्प भएको हो ।

डडेल्धुरा जिल्ला अन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलर्क, हगुल्डे, साउँखर्क, भत्कडाँ, स्याउले बजारलगायत क्षेत्रमा बाक्लो हिउँ जमेकाका कारण यातायात चल्न नसकेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन ।

बिहीबार डडेल्धुराको अनारखोली र साहुखर्कमा भएको हिँउ सफा गरी राजमार्ग संचालन गरेतापनि शुक्रवार पुनः भएको हिमपातका कारण राजमार्ग अवरोध भएको उनले जानकारी दिएका छन ।

राजमार्गमा जमेको हिउँ हटाउन डोजर सन्चालन गरेको तर निरन्तर भइरहेको हिमपातका कारण केही बेर राजमार्ग सन्चालन भएपनि पुन अवरोध भइरहेको जोशीले बताए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको हिउँ हटाउने र सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यसवर्ष यो क्षेत्रमा चौथौ पटक हिमपात भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment